|
|
२०८३ जेष्ठ २९
918 views
ललितपुर - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ३०० र चाँदी १९० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल दुई लाख ९२ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ८४० निर्धारण भएको छ ।
हिजो एक तोला सुन दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ६५० मा कारोबार भएको थियो ।

बिजनेस पाटी