तोलामा पाँच हजारले बढ्यो सुनको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८३ असार १
|
765 views

ललितपुर - स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा पाँच हजारले बढेको छ ।

आइतबार प्रतितोला दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन आजका लागि भने दुई लाख ९८ हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको थियो ।

      यस्तै, चाँदीको मूल्य तोलामा १२० ले बढेको छ । आइतबार प्रतितोला चार हजार ८९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १५ निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला रु चार हजार ८४० मा कारोबार भएको थियो ।

      अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३२९ दशमलव ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube