ललितपुर - सोमबार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५१५ रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन अर्थात् असार ७ गते सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि केही बढोत्तरी भएको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको थियो । यस्तै १० ग्राम चाँदीको मूल्य आज ४ हजार ०५५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रूपमा स्थानीय बजार मूल्य निर्धारण गर्दै आएको छ ।

बिजनेस पाटी