|
|
२०८२ माघ १६
17.6k views
ललितपुर - ललितपुर – स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । हिजो बिहीबारको तुलनामा आज मूल्यमा कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको रु ३ लाख १८ हजार ८०० मा कारोबार भइरहेको छ भने चाँदी तोलाको रु ७ हजार ६५ कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुन तोलाको रु ३ लाख ३९ हजार ३०० र चाँदी तोलाको रु ७ हजार ५०५ मा किनबेच भएको थियो ।
यसअघि बुधबार सुन तोलाको रु ३ लाख १८ हजार ८०० र चाँदी तोलाको रु ७ हजार ३०० थियो। मङ्गलबार भने सुन रु ३ लाख ९ हजार ३०० र चाँदी रु ६ हजार ८७० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ५ हजार ५३७ अमेरिकी डलर र चाँदी प्रतिऔँस ११७ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिजनेस पाटी