काठमाडौं । नेपाली बजारमा केही दिनदेखि घटिरहेको सुनको मूल्य आज (मंगलबार) पनि सामान्य घटेको छ । सोमबार तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोवार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य भने आज पनि सोमबारकै मूल्य कायम छ । चाँदीमा आज कुनै फेरबदल भएको छैन । सोमबार तोलामा १ हजार ८३० ले कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।