|
|
२०८२ माघ २२
2.3k views
ललितपुर – काठमाडौँको बौद्धस्थित रिन्जी लामाको घरबाट मंगलबार करिब रु एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरी गरी फरार भएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउका क्रममा प्रहरीले गोली चलाउनुपरेको थियो ।
प्रहरीका अनुसार गए राति नागार्जुन नगरपालिका–६ क्षेत्रमा खोजीका क्रममा बाँकेका प्रेम चौधरीलाई समात्ने प्रयास गर्दा उनले प्रहरीमाथि खुकुरी प्रहार गरेका थिए । त्यसपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको जनाएको छ ।
गोली लागेर घाइते भएका चौधरीलाई नियन्त्रणमा लिएपछि उनीसँगै ६५ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनामा एक जना प्रहरी पनि घाइते भएका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया