ललितपुर – यस अंग्रेजी वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ। यो पूर्ण ग्रहण नभई ‘वलयाकार सूर्यग्रहण’ (Annular Solar Eclipse) हुनेछ, जसमा चन्द्रमाले सूर्यको करिब ९६ प्रतिशत भाग ढाक्नेछ र आकाशमा औँठी जस्तै दृश्य देखिनेछ ।
वलयाकार सूर्यग्रहण तब लाग्छ जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँछ तर चन्द्रमाको आकार सूर्यभन्दा सानो देखिने भएकाले सूर्य पूर्ण रूपमा ढाकिँदैन। यस क्रममा सूर्यको बाहिरी भाग चम्किलो घेराको रूपमा देखिन्छ ।
नेपाली समयअनुसार मंगलबार दिउँसो ३:४१ बजे ग्रहण सुरु भई साँझ ८:१२ बजेसम्म करिब साढे चार घण्टा रहनेछ ।
यो सूर्यग्रहण नेपालमा भने देखिने छैन। तर दक्षिण अफ्रिका, अन्टार्कटिका र दक्षिण अमेरिकाका केही भागहरूमा स्पष्ट रूपमा देखिनेछ ।
यसका साथै जिम्बाब्वे, मौरिसस, मोजाम्बिक, तान्जानिया, नामिबिया, चिली र अर्जेन्टिनामा पनि अवलोकन गर्न सकिनेछ।
ग्रहणको आंशिक भाग हिन्द महासागरका केही क्षेत्रमा समेत देखिने जनाइएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया