|
|
२०८३ आश्विन २५
510 views

ललितपुर - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा शनिबार यमनको हुथी समूहले गरेको आक्रमणको निन्दा गर्नुभएको छ ।
महासचिव गुटेरेसले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा उक्त आक्रमणबाट आफू स्तब्ध भएको उल्लेख गर्दै त्यसको कडा निन्दा गर्नुभएको हो । आक्रमणमा १२ जनाको मृत्यु भएको र सयौँ सर्वसाधारण घाइते भएको बताइएको छ ।
सर्वसाधारण नागरिक र उनीहरूका पूर्वाधारमाथि गरिने आक्रमण अन्तरराष्ट्रिय कानुनको उल्लङ्न भएको उल्लेख गर्दै उहाँले यस्ता आक्रमण तत्काल रोक्न आह्वान गर्नुभएको छ ।



बिजनेस पाटी