सुकुम्वासी समस्याको जवाफदेहितामा गृहमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने : ज्ञानेन्द्र शाहि

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ३१
|
51 views

ललितपुर - ज्ञानबहादुर शाही ले सुकुम्बासी समस्या तथा त्यसक्रममा भएका घटनाबारे जवाफदेहिताका लागि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने बताएका छन् ।

बिहीबार वैशाख ३१ गते बिहान बसेको समिति बैठकमा नेता शाहीले सुकुम्बासी बस्ती व्यवस्थापनका नाममा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाए । उनले यस विषयमा गृह प्रशासनको नेतृत्वले नै स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।

    सुकुम्बासी बस्ती हटाउने क्रममा सुत्केरी महिलालाई घरबाट घिसारिएको तथा बालबालिकालाई पुस्तकसमेत ल्याउन नदिई उठाइएको घटनाप्रति उनले गम्भीर आपत्ति जनाए ।

      “सुकुम्बासी समस्या समाधान गर्ने र प्रहरी परिचालन गर्ने जिम्मेवारी गृह मन्त्रालयको हो,” भन्दै उनले कर्मचारीबाट नभई गृहमन्त्रीबाटै जवाफ चाहिएको बताए ।

      नेता शाहीले समितिका सभापतिलाई विषयलाई गम्भीर रूपमा लिन आग्रह गर्दै संवेदनशील विषयमा प्रधानमन्त्री वा कम्तीमा गृहमन्त्री उपस्थित हुनुपर्ने धारणा राखे । उनले गृहमन्त्रीलाई नबोलाई सञ्चारकर्मीलाई बैठकबाट बाहिर निकालिएको भन्दै त्यसलाई प्रजातान्त्रिक पद्धतिविपरीत भएको टिप्पणी गरे ।

      उनले बहालवाला गृहमन्त्री वा मन्त्रालयको जिम्मेवारी सम्हालेको अधिकारी उपस्थित नभएसम्म समितिमा छलफलको औचित्य नरहने स्पष्ट पारे । साथै बहुमतको आधारमा मात्र प्रक्रिया अघि बढाउनु लोकतान्त्रिक संस्कारविपरीत हुने पनि उनको भनाइ थियो ।

      बैठक सञ्चालनको समय र कार्यशैलीप्रति समेत नेता शाहीले असन्तुष्टि व्यक्त गरेका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube