|
|
२०८२ माघ ७
1.7k views
ललितपुर् – हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ (The World’s Happiest Man) अब अमेजन प्राइममा उपलब्ध भएको छ । प्रारम्भमा उत्तर अमेरिकी दर्शकका लागि उपलब्ध यो फिल्मलाई पछि विश्वभरको दर्शकले हेर्न पाउने भएका छन् ।
फिल्ममा अमेरिका पुनर्वासमा पुगेका भुटानी शरणार्थीको पहिचान र संस्कृति संरक्षणको संघर्ष देखाइएको छ । शीर्ष भूमिकामा आचार्यसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोयश पाण्डे, अदिती प्याकुरेल, टम क्रेन र विमल सुवेदीले अभिनय गरेका छन्। हलिउड अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिका निभाएका छन् ।
निर्देशक विनोद पौडेलको यो फिल्म ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट अमेरिका, नेपालका अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मसको सहकार्यमा बनेको हो ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया