२०८२ फाल्गुन २ | Feb 14, 2026

हरिबोल गजुरेललाई पार्टीबाट निष्कासित-प्रचण्ड माथि नै कारबाही हुनुपर्ने प्रतिक्रिया

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १०
|
1.3k views

ललितपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेको छ । अनुशासनको कारबाही गर्नु परेको भन्दै नेकपाले गजुरेललाई पार्टीबाट निष्कासन गरेको बताएको छ । नेकपाले सिन्धुली–२ मा राजन दाहाललाई उमेदवार बनाएको छ ।

गजुरेलले सिन्धुली–२ मा राजन दाहालविरुद्ध महेश्वर दाहाल उठाएका छन् । पार्टीका आधिकारिक उमेदवारविरुद्ध उमेदवार उठ्ने र तिनका समर्थक र प्रस्तावकलाई कारबाही गरिएको नेकपाले जनाएको छ । यसैबीच गजुरेलले सबैभन्दा पहिला पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड माथि नै कारबाही हुनुपर्ने प्रतिक्रिया दिएका छन्।

उनले प्रचण्डको कार्यशैलीले पार्टीको आन्तरिक लोकतन्त्र र अनुशासनलाई धराशायी बनाएको दाबी गरेका छन् । उनले पार्टीको विधि, पद्धति र प्रक्रिया मिच्ने मुख्य व्यक्ति प्रचण्ड नै भएको भन्दै जिल्ला पार्टीले गरेको निर्णय उल्लंघन गर्ने पहिलो व्यक्ति प्रचण्ड भएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया