नेपाली हास्य कलाकारहरू अमेरिकामा : हाँस्ने कार्यक्रम लिएर दर्शक सामु

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १९
|
867 views

ललितपुर - ललितपुर – नेपालका चर्चित हास्य कलाकारहरुको टोली अमेरिका पुगेको छ । फेम नेपालको तत्वाधानमा सञ्चालन भइरहेको “हास्छ अमेरिका – भोलुम १ कार्यक्रम अन्तर्गत ५ जना कलाकारहरुले अमेरिकी भूमिमा नेपाली दर्शकलाई हाँसाउने तयारी गरेका छन् ।

कमेडी क्लब “वीथ च्याम्पियन” र हास्य टिभि शोमा सक्रिय कलाकार भरतमणी पौडेल, सुमन कोईराला, सुमन कार्की, मेक्सम गौडेल र कैशाल कार्की अमेरिकी दर्शक सामु प्रस्तुती दिने क्रममा छन् ।

फेम नेपालका संचालक विमल पछाईले जानकारी दिएका छन् कि टोली अमेरिकाको विभिन्न राज्यका शहरहरूमा स्थानीय आयोजकसँग समन्वय गर्दै कार्यक्रम गर्नेछ। सनराईज इन्टरटेइनमेन्ट सँगको सहकार्यमा तयार पारिएको यस टुरको पहिलो कार्यक्रम फेब्रुअरीको पहिलो सातादेखि सुरु हुने र १४ भन्दा बढी स्थानमा आयोजना हुने जनाइएको छ । कतिपय कार्यक्रमको मिति तय भइसकेको छ भने, अन्यको मिति तय गर्ने प्रक्रियामा रहेको पनि उनले बताए ।

कलाकारहरूले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, अमेरिकाको व्यस्त जीवनमा रहेका नेपालीहरुलाई हसाउने कोशेली लिएर हामी आएको हौं ।

 पात्रो/राशिफल  रेडियो YouTube