|
|
२०८३ बैशाख २२
510 views

ललितपुर - देशका विभिन्न स्थानमा आज (वैशाख २२) तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु लगायत आसपासका क्षेत्रमा तीव्र हावाहुरीको जोखिम रहेको छ ।
त्यसैगरी रातिको समयमा कपिलवस्तु, रुपन्देही, बारा, पर्सा र रौतहट क्षेत्रमा पनि हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले मंगलबार बिहान सूचना जारी गर्दै हावाहुरीबाट जोगिन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । यसैबीच ताप्लेजुङ, ओखलढुंगा, जिरी र जोमसोम क्षेत्रमा करिब ६० प्रतिशतसम्म वर्षा हुने सम्भावना रहेको बताइएको छ ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले जनाएको छ ।

बिजनेस पाटी






