२०८२ चैत्र २२ | Apr 05, 2026

लुम्बिनी र कोशीमा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ५
|
1.4k views

जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी लुम्बिनी र कोशी प्रदेशका विभिन्न जिल्लाहरू प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

विभागका अनुसार भोलि (शुक्रबार) दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना छ। त्यसैगरी पर्सि (शनिबार) विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा पनि हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

हावाहुरीको गति झण्डै ३३ मिटर प्रति सेकेण्ड (करिब ११९ किलोमिटर प्रतिघण्टा) पुग्न सक्ने विभागले जनाएको छ ।

यसका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्नेविद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको उल्लेख गर्दै विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागले भनेको छ, हावाहुरीका बेला अनावश्यक रूपमा बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया