२०८२ फाल्गुन ६ | Feb 18, 2026

अध्ययनले देखायो – विदेश फर्किएका कामदारमा यौन रोगको समस्या बढी

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २९
|
1k views

ललितपुर – रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या बढी देखिएको पाइएको छ । भरतपुर अस्पताल र नारायणी अस्पताल (वीरगञ्ज) का एआरटी सेन्टरले गरेको अध्ययनमा यस्तो तथ्य सार्वजनिक भएको हो ।

दुई अस्पतालमा १,६३७ जनाको परीक्षण गर्दा १०२ जनामा यौन रोग देखिएको भरतपुर अस्पताल, एआरटी सेन्टर प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यौन रोग सङ्क्रमितमा ३२ जना विदेश फर्किएका कामदार, ६ जना यौन व्यवसायमा संलग्न, २२ जना उनीहरूको साथी, ११ जना तेस्रो लिङ्गी र ३१ जना अन्य रहेका छन् ।

सबैभन्दा धेरै ८८ जनामा भिरिङ्गी (एड्स/एचआईभी) सङ्क्रमण देखिएको छ। अन्य यौन रोगमा भेरिना, पाठेघरको सङ्क्रमण र ढुसीजन्य सङ्क्रमण पाइएको छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले असुरक्षित यौन सम्पर्कका कारण यौन रोग बढेको बताउँदै, सुरक्षित यौन सम्पर्क अपनाउन र नियमित स्वास्थ्य परीक्षण गराउन सबैलाई आग्रह गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया