|
|
२०८२ चैत्र १७
306 views
नेपाली सेनाले यहाँ आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।
रणभीम गण मुडे खोटाङ र १८ नं फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिका–२ रतन्छामा सोमबार आयोजित सो शिविरमा १४९ महिला, ५९ पुरुष तथा १० जना बालबालिकाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका हुन् ।
नागरिक–सैन्यसम्बन्ध सदृढ गर्ने उद्देश्यले साकेला गाउँपालिकामा एकदिने स्वास्थ्य शिविर आयोजना गरिएको रणभीम गण मुडेका गणपति केदारप्रसाद लामिछानेले जानकारी दिनुभयो ।














फेसबुकबाट तपाईको प्रतिक्रिया