२०८२ मंसिर १९ | Dec 05, 2025

हेटौटा सिमेन्ट उद्योग पुनः सुचारु

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २५
|
510 views

मकवानपुर । हेटौटा सिमेन्ट उद्योगले आजदेखि औपचारिक रुपमा उत्पादन गरेको छ । करिब पाँच महिनादेखि बन्द रहेको उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको हो ।

विद्युत अभावको कारणले पाँच महिनादेखि बन्द रहेको सिमेन्ट उद्योग निरन्तर विद्युत् आपूर्तीसँगै पुनः सुचारु भएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धकले बताउनुभयो ।

तत्काल उद्योग सञ्चालनार्थ आवश्यक हुने एक हजार ९०० मेट्रिक टन कोइला अहिले जगेडामा राखेर दोस्रो चरणमा करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको समेत महाप्रबन्धकले जानकारी गराउनुभयो ।

विगत ४८ वर्ष अघि हेटौँडाको लामसुरेमा स्थापना भएको सिमेन्ट उद्योगको औपचारिक उद्घाटन भने १० वर्ष पछि मात्र भएको थियो अर्थात् २०३३ सालमा स्थापना भएको उद्योग विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । करिव एक अर्ब ५० करोड लगानीमा सञ्चालन गरिएकोको उद्योग पाँच महिना बन्द भएर पुनः सञ्चालनमा आएको छ ।
हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया