ललितपुर – हाइटी सरकारले आपराधिक गिरोहविरुद्ध सञ्चालन गरेको ड्रोन आक्रमणमा सर्वसाधारण नागरिकसमेत मारिएका छन् । मानव अधिकारवादी संस्था Human Rights Watch ले मङ्गलबार प्रकाशित विवरणमा चेतावनी दिँदै सुरक्षा कारबाहीको नाममा ‘ठूलो मात्रामा घातक’ ड्रोन प्रयोगले निर्दोष नागरिक, बालबालिका र वयस्कलाई गम्भीर जोखिममा पारेको जनाएको छ।
ड्रोन आक्रमणका तथ्यांक:
- मार्च १, २०२५ देखि जनवरी २१, २०२६ सम्म १४१ ड्रोन अपरेसनमा कम्तीमा १,२४३ जनाको मृत्यु ।
- मृत्यु भएकामध्ये कम्तीमा ४३ जना वयस्क आपराधिक गिरोह सदस्य नभएका ।
- १७ जना बालबालिका समेत मारिएका ।
- ७३८ जना घाइते, जसमा कम्तीमा ४९ जना निर्दोष नागरिक रहेका छन् ।
हाइटीमा पछिल्ला वर्षहरूमा गिरोह हिंसा तीव्र रूपमा फैलिएको छ। संयुक्त राष्ट्रसंघका अनुसार राजधानी पोर्त–अ–प्रिन्सको करिब ९० प्रतिशत क्षेत्र गिरोहको नियन्त्रणमा छ । सन् २०२५ मा मात्रै झन्डै छ हजार जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
क्यारिबियनको सबैभन्दा गरीब देश हाइटीमा लगातार हिंसाका कारण करिब १४ लाख मानिस विस्थापित भएका छन्। त्यसैगरी, करिब आधा नागरिक गम्भीर खाद्य असुरक्षामा रहेको अनुमान छ, जसमा पाँच वर्ष मुनिका करिब १२ लाख बालबालिका पनि समावेश छन् ।
Juanita Gobertus, ह्युमन राइट्स वाचका अमेरिकासम्बन्धी निर्देशक, का अनुसार यी घातक ड्रोन अपरेसनले निर्दोष मानिसहरूको ठूलो क्षति पुर्याइरहेको छ। उनले हाइटीका अधिकारीहरूलाई सुरक्षा बल र निजी ठेकेदारहरूको गतिविधि तुरुन्त नियन्त्रण गर्न आग्रह गरे।
संयुक्त राष्ट्रसङ्घको हाइटी कार्यालयका अनुसार यी ड्रोन आक्रमण प्रधानमन्त्री एलिक्स डिडियर फिल्स–एमेको टास्क फोर्सद्वारा सञ्चालन गरिएको हो । उक्त टास्क फोर्सलाई निजी सैन्य कम्पनी VECTIS Global ले परिचालन सहयोग दिएको छ ।
ह्युमन राइट्स वाचका अनुसार अमेरिकी विदेश मन्त्रालयले हाइटीमा भेक्टस ग्लोबललाई रक्षा सेवा निर्यात गर्न अनुमति दिने इजाजतपत्र जारी गरेको पुष्टि वासिङ्टनस्थित हाइटीका राजदूतले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया