
ललितपुर - भाषा, साहित्य, कला र संस्कृतिका सर्जकको सम्मान’ भन्ने मूल नारासहित छैटौं संस्करणको हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आह्वान गरिएको छ ।
आयोजकका अनुसार वैशाख २१ गतेदेखि आवेदन फारम खुला गरिएको हो । अवार्डमा राष्ट्रिय गीत, पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्स विधालाई समेटिएको छ ।
अध्यक्ष गणेश सुवेदीका अनुसार २०८२ वैशाख १ देखि चैत मसान्तसम्म सार्वजनिक भएका गीत–संगीतका स्रष्टा तथा प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ । आवेदन दिने अन्तिम म्याद जेठ १५ गतेसम्म तोकिएको छ ।
अवार्ड समारोहमा एक जना विशिष्ट व्यक्तित्वलाई दीर्घसाधना सम्मान प्रदान गरिनेछ भने देश–विदेशका संगीतकर्मी तथा सञ्चारकर्मीलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।
यसअघि काठमाडौंसहित थाइल्याण्ड, सिंगापुर र मलेसियामा सम्पन्न भइसकेको अवार्डको छैटौं संस्करणलाई थप भव्य बनाउने तयारी गरिएको संयोजक गीता अधिकारीले जानकारी दिएकी छन् ।

बिजनेस पाटी
