२०८२ फाल्गुन २ | Feb 14, 2026

हिमपातपछि खुल्यो नाग्म–गमगढी सडक, यातायात पुनः सञ्चालन

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १३
|
1.1k views

ललितपुर । शनिबार परेको भारी हिमपातका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगढी सडकखण्ड पुनः सञ्चालनमा आएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले क्षेत्रमा बाक्लो हिउँ जम्दा सडक बन्द भएको थियो ।

सडक डिभिजन कार्यालयले डोजर प्रयोग गरी हिउँ हटाएपछि आजदेखि सडक पूर्ण रूपमा खुलाइएको सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिनुभयो । दुई दिनसम्म सडक बन्द हुँदा मुगुको सदरमुकाम गमगढी बजारतर्फ जाने दैनिक उपभोग्य सामग्री तथा विकास–निर्माणका सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए ।

हिउँ पन्छाएसँगै रोकिएका सवारीसाधनहरू आ–आफ्नो गन्तव्यतर्फ लागेको कनकासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले बताउनुभयो । सडक खुलेपछि स्थानीयवासी र व्यापारीलाई सहजता भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया