ललितपुर हाल देशभर न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो नेपालका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था देखिनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य उच्च भूभागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा हुन सक्ने सम्भावना रहेको छ। यसैबीच, पूर्वी तथा मध्य तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने अनुमान गरिएको छ।
त्यस्तै, आज राति सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहनेछ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया