होलीमा सावधानी : भीडभाड र राजनीतिक सामग्री प्रयोग नगर्न आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
612 views

ललितपुर - ललितपुर – जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिकस्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।

कार्यालयले घरपरिवार र साथीभाइसँग घर परिसरभित्र होली मनाउन सकिने तर खुला सडक र सार्वजनिक स्थानमा अनावश्यक भीड जम्मा गर्ने, कार्यक्रम आयोजना गर्ने र मदिरा सेवन तथा वितरण नगर्ने आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिताको कार्यान्वयनमा जोड दिँदै कार्यालयले सार्वजनिक गतिविधिमा आचारसंहिता उल्लङ्घन नहोस् भन्नेमा सचेत गराएको छ ।

सूचनामा जुलुस, आमसभा वा प्रचारप्रसारमा निर्वाचन चिह्न, झण्डा, स्टिकर अङ्कित टोपी, टी–सर्ट, ज्याकेट, झोला वा अन्य सामग्री प्रयोग गर्न नपाइने उल्लेख छ ।

साथै कसैको इच्छाविपरीत रङ वा पानी हाल्ने, मदिरा सेवन गरी सार्वजनिक मर्यादा भङ्ग गर्ने, हो–हल्ला तथा अराजक गतिविधि गर्ने कार्य कानुनविपरीत हुने प्रशासनले स्पष्ट पारेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube