बसन्तपुरमा होलीको उल्लास, (तस्बिरहरु)

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १८
|
816 views

ललितपुर - ललितपुर – वसन्त ऋतुको आगमनसँगै रङहरूको पर्वका रूपमा मनाइने फागुपूर्णिमा (होली) पर्वका अवसरमा आज काठमाडौँ दरबार स्क्वायर (बसन्तपुर) मा सर्वसाधारणले रङ खेल्दै होली मनाएका छन् ।

सरकारले निर्वाचन सुरक्षाका कारण धेरै भीड जम्मा नहुन अपिल गरेको भए पनि बसन्तपुर क्षेत्रमा सर्वसाधारण हर्षोल्लासका साथ होली मनाइरहेका छन् । रङको पर्वका रूपमा मनाइने होलीले आपसी सद्भाव र भाइचाराको सन्देश दिने विश्वास गरिन्छ ।

पौराणिक कथाअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादसँगै आगोमा पस्न लगाएका थिए। तर, होलिका आफैँ भष्म भएकी र भक्त प्रह्लादलाई आगोले केही नगरेको कथन छ ।

त्यसै घटनाको स्मरणमा अधर्ममाथि धर्मको विजयका रूपमा होली पर्व मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ । होली पर्व आज हिमाली र पहाडी जिल्लामा मनाइँदैछ भने तराई–मधेशका जिल्लामा भोलि मनाइनेछ ।

 पात्रो/राशिफल  रेडियो YouTube