हनुमानढोकामा चीर ठड्याइएसँगै होलीको रौनक सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १२
|
408 views

ललितपुर - ललितपुर – काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएसँगै आजबाट होली पर्व औपचारिक रुपमा सुरु भएको छ

परम्पराअनुसार फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबार को गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली सुरु भएको मानिन्छ ।

यसै प्रचलनअनुसार मंगलबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर पर्व सुरु भएको सन्देश दिएका छन्

आजै पशुपतिनाथ मन्दिर, हनुमानढोका दरबारको सुन्दरीचोक, तथा कृष्ण मन्दिर परिसरमा पनि रङ्गीचङ्गी कपडाका टुक्रा झुण्ड्याएर होली प्रारम्भ भएको जनाउने गरिन्छ ।

यस वर्ष होलीको मुख्य दिन फागुन १८ र १९ गते परेको छ । फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई/मधेशका जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube