२०८२ चैत्र २२ | Apr 05, 2026

विद्युत सर्टका कारण ओडिसा अस्पतालमा आगलागी, १० बिरामीको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २
|
714 views

पूर्वी भारतको एससीबी अस्पतालको आइसियुमा आगलागी हुँदा ट्रामा केयर युनिटमा भर्ना भई उपचाररत कम्तिमा १० जना बिरामीहरूको मृत्यु भएको जनाइएको छ ।

ओडिसा राज्यको कटक सहरको एससीबी मेडिकल कलेजमा सोमबार आगलागी भएको मुख्यमन्त्री मोहन चरण माझीले पत्रकारहरूलाई बताउनु भएको छ

बिरामीहरूको उपचार भइरहेको ट्रामा आईसीयू वार्डमा विद्युतसर्किटका सर्ट भएका कारण आगलागी भएको बताउनु भएको छ ।

घटनाको समयमा २३ जना विरामी उपचाररत रहेको पुष्टि गर्दै उहाँले आगलागीपछि १० जनाको मृत्यु भएको र बाँकी बिरामीलाई अन्य वार्डमा सारिएको जनाउनु भएको छ । बिरामीहरूलाई बचाउने प्रयास गर्दा कम्तीमा ११ जना कर्मचारीहरू जलेर घाइते भएको जनाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत पीडित परिवारप्रति समवेदना प्रकट गर्दै पिडित परिवारका लागि क्षतिपूर्तिको घोषणा गर्नु भएको छ ।

यस अघि सन् २०२४ मा तमिलनाडुको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो भने दुई दर्जन भन्दा बढी घाइते भएका थिए भने सोही वर्ष उत्तर प्रदेशको एक अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया