ललितपुर – बाँकेका नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म नेपालगञ्जमा १३२, बैजनाथमा १४१ र खजुरामा १८४ जनाले खोप लगाएका छन् ।
जिल्लामा कूल ८ हजार ५८४ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको छ । कक्षा ६ मा अध्ययन गर्ने छात्रा, विद्यालय नजाने १० वर्षका किशोरी तथा खोप छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र ११–१४ वर्ष उमेर समूहलाई लक्षित गरिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार कोहलपुर, डुडुवा, नरैनापुर र राप्तीसोनारीमा आजदेखि र जानकी गाउँपालिकामा २७ गतेदेखि खोप लगाइने छ। एचपिभी खोप माघ २५ देखि फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक औसत चार महिलाको मृत्यु हुने गरेको स्वास्थ्य निकायले जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया