आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ९
|
1.6k views

ललितपुर - नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको छ ।

काठमाडौंस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।

यही वैशाख १२ गतेदेखि हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आएको ओमानले नेपाल ‘ए’ टोलीसँग अभ्यास खेल खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालसँगै युएई र ओमान छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube