२०८२ फाल्गुन ३ | Feb 15, 2026

आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो जित

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १०
|
714 views

ललितपुर । नेपालले आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो ।

जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले १ / १ विकेट लिए । नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया