२०८२ भाद्र ६ | Aug 22, 2025

आइटीका विज्ञलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्छौ : प्रमुख महर्जन

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १९

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आइटीको क्षेत्रमा काम गर्ने विज्ञहरुलाई ललितपुर महानगर रातो कार्पेट बिछ्याएर स्वागत गर्न तयार रहेको बताए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आइटीका विज्ञहरुलाई महानगरपालिकाले सदैव स्वागत र सम्मान गर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरलाई नेपालको सिलिकन भ्याली भ्याली बनाउने बताए । कार्यक्रम सम्बोधनका क्रममा उनले ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली बनाउन आफू लगायत आफ्नो टिम लागि परेको समेत बताएका हुन् ।

यस कार्यक्रममा ललितपुर महानगरपालिका द्रुत गतिमा लागिपरेको भन्दै उनले सबै मिलेर काम गरे कठिन नहुने समेत बताए । उनले भने, ‘यो छिटै कार्यान्वयन हुन्छ । ललितपुर महानगरपालिकालाई शिक्षाको हब भन्छ । तर अब हाम्रो टार्गेट के छ भन्दा ललितपुर महानगरलाई नेपालको सिलिकन भ्याली बनाउनको निमित्त हामी लागि परेका छौँ । यो खासै गाह्रो कुरा होला जस्तो मलाई लाग्दैन । त्यसैले हामी आज पुरस्कृत हुनुहुने र अन्यहरुसँग पनि आइसिटी क्षेत्रमा सहकार्य गर्न सदा सर्वदा तयार छौँ । हामी तपाईंहरुलाई रातो कार्पेट बिच्छ्याएर स्वागत गर्दछौँ ।’

उनले शिक्षाको हबका रुपमा रहेको ललितपुर महानगरलाई सिलिकन भ्यालीका रुपमा अघि बढाउनका लागि आइट सेक्टरका विज्ञहरुलाई महानगरले सदैव स्वागत गर्ने समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया