२०८२ फाल्गुन ६ | Feb 18, 2026

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एजेन्सी लिडरहरूका लागि सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १६
|
1k views

ललितपुर – आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एजेन्सी लिडरहरूका लागि ‘नेसनल एन्टिमनी लाउण्डरिङ डे’ (सम्पत्ति शुद्धीकरण निवारण दिवस)को अवसर पारेर एक विशेष तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी सचेतना जगाउने उद्देश्यले उक्त तालिम प्रदान गरेको हो ।

तालिमका क्रममा सहभागीहरूलाई जीवन बीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान तथा रोकथामका उपायहरूबारे विस्तृत जानकारी दिइएको थियो ।

कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रचलित कानुन, नेपाल बीमा प्राधिकरणबाट जारी गरिएका विभिन्न निर्देशिका तथा निर्देशनहरू र ती व्यवस्थाको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गरिएको थियो ।

यस्ता कानुनी प्रावधानहरूको पूर्ण पालनाले कम्पनीको संस्थागत सुशासन सवल बनाउनुका साथै ग्राहकको विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

कार्यक्रमको समापन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले बीमा क्षेत्रलाई स्वच्छ र पारदर्शी राख्न अभिकर्ताहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध निवारणका लागि तय गरिएका कानुनी व्यवस्थाहरूलाई अक्षरशः पालना गर्न र यस अभियानमा कटिबद्ध भएर लाग्न सम्पूर्ण एजेन्सी लिडर तथा अभिकर्ताहरूलाई निर्देशन समेत दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया