
ललितपुर - भारतको उत्तर प्रदेशका भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष अजय राय कार्यक्रममा अचानक बेहोस बनेपछि उहाँलाई मेदान्त अस्पतालमा भर्ना गरिएको छ । उहाँको अस्पतालको आकस्मिक सेवामा उपचार भइरहेको छ ।
कार्यक्रमका क्रममा राय एकाएक बेहोस हुनुभएको थियो । अत्याधिक पिडा र दुखाइ महसुस भएपछि उहाँलाई तत्काल मेदान्त अस्पताल भर्ना गरिएको हो ।
उहाँको उपचारमा विशेषज्ञसहितको चिकित्सकको टोली खटिरहेको बताइएको छ।
जानकारीअनुसार ‘सोडियम’को कमी देखिएको र अन्य परीक्षणहरू भइरहेको छ ।
लखनऊमा काङ्ग्रेसको ‘स्टेट लेभल टिचर्स एन्ड डक्टर्स कन्फ्रेन्स’ नामक कार्यक्रममा सहभागी भइरहँदा उहाँ अचानक विरामी हुनुभएको थियो ।
विरामी पर्नु पहिले मजदूर दिवसका अवसरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुभएका प्रदेश कांग्रेस अध्यक्ष रायले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिको काङ्ग्रेसले मात्र डटेर विरोध गरिरहेको र यो लडाईँमा काङ्ग्रेसको राजनीतिक फाइदा मात्र नभई समाजको हरेक वर्ग, शिक्षक, चिकित्सक र आम नागरिकको हित जोडिएको खावी गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालदेखि तल्लो तहसम्म कांग्रेसका कार्यकर्ताहरु सक्रिय छन् । मजदुरको मिहिनेतको प्रशंसा गर्दै रायले लोकतन्त्र, अधिकार र न्यायको रक्षाका लागि यो लडाइँ अघि बढ्ने छ।’
कार्यक्रममा उहाँले आफूहरु मजदुरको अधिकारका लागि उनीहरूसँग मिलेर सङ्घर्ष गरिरहेको र यो सही अर्थमा मजदुर दिवसको अन्तर्य हो भन्दै शुभकामना दिनुभएको थियो

बिजनेस पाटी
















