ललितपुर - ललितपुर – भारतको पूर्वी राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको अधिकारीहरूले बताएका छन् ।
नागरिक उड्डयन महानिर्देशनालय ले ‘मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान’ सञ्चालन गर्ने बिचक्राफ्ट सी–९० सोमबार दुर्घटना भएको पुष्टि गरेको छ ।
उद्धार र चिकित्सा टोलीहरू दुर्घटना स्थलमा पुगेका छन् भने स्थानीय मिडियाले दुर्घटना स्थल दुर्गम जङ्गलभित्र रहेको जनाएका छन् । डाक्टरको टोलीले जाँचपछि उनीहरूलाई मृत घोषणा गरेको स्थानीय प्रशासनिक अधिकारी कीर्तिश्री जीले बताउनुभयो । मृत्यु हुने सात जनामध्ये दुई जना चालक दलका सदस्य थिए ।
रेडबर्ड एयरवेजद्वारा सञ्चालित विमानले मौसमका कारण सन्तुलन गुमाएपछि हवाई ट्राफिक राडारसँग सम्पर्क गुमाएको करिब २३ मिनेटपछि दुर्घटना भएको बताइएको छ ।
भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोलाई अनुसन्धानका लागि घटनास्थलमा पठाइएको जनाइएको छ ।

बिजनेस पाटी