भारतको बिहारमा डुंगा दुर्घटना : ३ जनाको मृत्यु, ५ बेपत्ता

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १४
|
204 views

ललितपुर - भारतको पूर्वी राज्य बिहारमा नदीमा डुंगा पल्टिँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। बिहीबार भएको घटनाको पुष्टि स्थानीय प्रहरीले गरेको हो।

राजधानी पटना नजिकै गंगा नदीको उमानाथ घाट क्षेत्रमा दुर्घटना भएको बताइएको छ। दुर्घटनाग्रस्त डुंगामा करिब १५ जना सवार थिए, जसमध्ये ७ जनालाई सकुशल उद्धार गरिएको छ ।

      स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकांश पीडित महिला रहेका छन् । उनीहरू तरकारी लिन नदी पार गर्दै थिए ।

      प्रहरीका अनुसार नदीको बीच भागमा पुगेपछि अचानक आएको तीव्र हावाहुरीका कारण डुंगा पल्टिएको हो ।

      बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube