भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक २४
|
153 views

ललितपुर - भारतमा आइतबार रातभरि भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको र थुप्रै घाइते भएको स्थानीय प्रहरीले सोमबार पुष्टि गरेको छ ।

दुई घटना मध्यप्रदेश राज्यका सिओनी र कटनी जिल्लामा भएका हुन् भने एक घटना दक्षिण–पश्चिम राज्य महाराष्ट्रको धाराशिव जिल्लामा भएको हो । यी घटनाहरू आइतबार मनाइएको वार्षिक चाड ‘दिवाली’ को रातमा भएका हुन्।

      प्रहरीका अनुसार आगलागीबाट सिओनी जिल्लामा एक परिवारका छ जना सदस्यहरूको मृत्यु भएका र चार जना घाइते भएका छन् । उनीहरूको तीनतले घरभित्र ठूलो आगोलागी भएपछि उनीहरूको हताहत भएको हो ।

      घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ। त्यसैगरी, कटनी जिल्लाको बहुतले भवनभित्र रहेको भाँडाकुँडा पसलमा आगलागी हुँदा एउटै परिवारका छ जनाको मृत्यु भएको छ ।

      आगोलागीको कारण अज्ञात रहेको स्थानीय प्रहरीले बताउनुभएको छ । तेस्रो घटनामा परिवारका छ जना सदस्यहरू निदाएको अवस्थामा घरभित्र आगो फैलिएपछि निस्केको धुवाँले गर्दा अक्सिजनको कमी भई श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको हो ।

       पात्रो/राशिफल  रेडियो YouTube