इन्डोनेशियाको माउन्ट डुकोनो ज्वालामुखी विस्फोटमा तीन पर्वतारोहीको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २६
|
102 views

ललितपुर - Mount Dukono ज्वालामुखी शुक्रबार विस्फोट हुँदा तीन जना पर्वतारोहीको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये दुई जना Singapore का नागरिक र एक जना स्थानीय रहेको अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूका अनुसार उनीहरूको शव “नो–गो जोन” भित्र फेला परेको हो । Halmahera Island मा रहेको उक्त ज्वालामुखी विस्फोटपछि करिब १० किलोमिटर आसपासको क्षेत्रमा खरानी र बाक्लो धुवाँ फैलिएको बताइएको छ ।

    उत्तरी हलमहेराका प्रहरी प्रमुख एर्लिक्सन पासारिबुले विस्फोटका बेला घटनास्थलमा २० जना पर्वतारोही रहेको जानकारी दिएका छन्। तीमध्ये नौ जना सिंगापुरका र बाँकी इन्डोनेसियाका नागरिक रहेका थिए ।

    स्थानीय उद्धार एजेन्सी प्रमुख इवान रामदानीका अनुसार विस्फोटपछि बेपत्ता भएका १७ जनामध्ये सात जना जीवित फेला परेका छन् ।

    मृतकहरूको शव अझै घटनास्थलमै रहेको जनाइएको छ। लगातार भइरहेको विस्फोटका कारण अवस्था असुरक्षित भएकाले उद्धार टोलीले खोज तथा उद्धार कार्य सुरु गर्न उपयुक्त समयको प्रतीक्षा गरिरहेको बताइएको छ ।

      विस्फोटमा केही पर्वतारोही घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

      यसअघि सन् २०२४ डिसेम्बरदेखि Center for Volcanology and Geological Hazard Mitigation ले ज्वालामुखी क्षेत्रमा भूकम्पीय गतिविधि बढेको भन्दै पर्यटक र पर्वतारोहीलाई मालुपाङ वारिराङ क्र्याटरको चार किलोमिटर आसपास नजान चेतावनी दिएको थियो ।

      सरकारी भूविज्ञान विभाग प्रमुख लाना सारियाले विस्फोटपछि चर्को आवाजसहित ज्वालामुखीको शिखरबाट १० किलोमिटर माथिसम्म खरानी र धुवाँ उडेको बताएकी छन् ।

      विज्ञप्तिअनुसार विस्फोटको खरानी उत्तरतर्फ बढी फैलिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । ज्वालामुखी आसपास करिब नौ किलोमिटर क्षेत्रभित्र कुनै बस्ती नरहेको जनाइएको छ । Indonesia भौगोलिक अवस्थाका कारण बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिको जोखिममा पर्ने देश मानिन्छ ।

      घटनापछि पदयात्रा र आरोहणका लागि प्रयोग हुने चौकी तथा शिविरहरूमा कडा निगरानी बढाइएको छ। अवस्था सामान्य नभएसम्म यात्राको अनुमति नदिइने जनाइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube