ललितपुर - ललितपुर – इनिसा बिक हत्या प्रकरणको छानविन र दोषीमाथि कडा कारवाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगायतका समूहहरूले बिहीबार माइतिघरमा प्रदर्शन गरेका हुन्। सहभागीहरूले इनिशा बिकको हत्यारालाई कारवाही गर, बालबालिकामाथि हुने हिंसा अन्त्य गर,” “पितृसत्ता मुर्दावाद र“बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौं जस्ता नारा सहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरूले सबै बलात्कारका घटनाको निष्पक्ष छानविनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग पनि राखेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले प्रारम्भिक निष्कर्षमा भनेको छ कि बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको हो, जस आधारमा पोस्टमार्टम रिपोर्ट र पक्राउ परेकाहरूको बयान लिइएको छ ।

बिजनेस पाटी