|
|
२०८२ माघ २२
459 views
ललितपुर – होटेल फरेस्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कुल सेयरमध्ये ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीलाई बाँडफाँट गरिसकिएको छ। बाँकी ३३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन माघ २६ गतेसम्म दिन सकिनेछ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।














फेसबुकबाट तपाईको प्रतिक्रिया