ललितपुर - ललितपुर – इरानले अमेरिका विरुद्ध बढ्दो सैन्य तनावका बीच आवश्यक परे शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने चेतावनी दिएको छ। साथै तेहरानले अमेरिकासँग वार्ता गर्ने प्रस्ताव पनि अस्वीकार गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Al Jazeera का अनुसार इरानका उच्च अधिकारीहरूले अमेरिका दबाब सिर्जना गरेर वार्ता थोपर्न खोजिरहेको आरोप लगाएका छन्। उनीहरूले सैन्य धम्की र आक्रमणको वातावरणमा कुनै पनि प्रकारको वार्तामा बस्न नसकिने स्पष्ट पारेका छन् ।
इरानी नेतृत्वले अमेरिका तर्फबाट आक्रमण जारी रहे ‘उन्नत र शक्तिशाली मिसाइल’ प्रयोग गरी कडा जवाफ दिने चेतावनी दिएको बताइएको छ। उनीहरूले आफ्नो देशको सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न इरान सक्षम रहेको दाबी गरेका छन् ।
उता अमेरिकी राष्ट्रपति Donald Trump ले पछिल्ला दिनहरूमा इरानसँग सम्भावित वार्ताको संकेत दिएका थिए। तर इरानका अधिकारीहरूले सैन्य दबाबसँगै आएको वार्ता प्रस्ताव स्वीकार्य नहुने बताएका छन् ।
इरानका विदेश उपमन्त्री Kazem Gharibabadi ले हालको अवस्थामा अमेरिकासँग वार्तामा बस्ने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् ।

बिजनेस पाटी