२०८२ चैत्र १६ | Mar 30, 2026

इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
357 views

इजरायली सेनाले इरानको रिभोलुसनरी गाड्र्सद्वारा सञ्चालित तेहरानमा रहेको एक विश्वविद्यालयमा आक्रमण गरेको बताएको छ ।

इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनहरूमा, आइआरजिसीको केन्द्रीय सैन्य पूर्वाधारस्थलहरू मध्ये एकमा हालै आक्रमण भएको छ । इमाम हुसेन विश्वविद्यालयलेको परिसरमा रहेको आइआरजिसीको प्राथमिक सैन्य शैक्षिक संस्थाले इरानको सैन्य निकायहरूको लागि आपतकालीन उपकरणको आपूर्तिका लागि काम गर्दछ ।’

अमेरिकी–इजरायली आक्रमणमा दिवङ्गत भएका इरानका पूर्व सर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ इरानी अधिकारीहरूले युद्धअघि उक्त विश्वविद्यालयको भ्रमण गरेका थिए।

इजरायली सेनाले भनेको छ, युद्धका क्रममा इजरायली सेनाले विश्वविद्यालयभित्रको सैन्य पूर्वाधारमा धेरै पटक आक्रमण गरेको थियो भने यसबाट इरानी हतियार उत्पादन र विकास क्षमतामा ठूलो क्षति पुगेको थियो ।

उहाँले विश्वविद्यालय, यसको रसायन विज्ञान केन्द्र, र यसको मेकानिक्स र विकास समूहको टेक्नोलोजी र इन्जिनियरिङ केन्द्रको मुनिका सुरुङहरू नष्ट गरेको बताएको छ । सुरूङलाई सबै हतियार विकासको लागि प्रयोग गरिएको इजरायली सेनाले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया