इटहरीको ऐतिहासिक धरोहर

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २४
|
7.7k views

ललितपुर - ललितपुर –  तपाईंलाई यो घर – – ऋतु आसीक
काठै–काठले भरिएको घर लाग्न सक्छ ।
हो ! यो काठैकाठले निर्माण गरिएको छ ।
महेश्वर झोडाका बासिन्दाहरूद्वारा
यो उपहारमा दिइएको थियो ।
तत्कालीन महेश्वर झोडाबासीद्वारा
स्नेहको प्रतीकको रूपमा ठिङ्ग उभिएको थियो ।
यो तत्कालीन इटहरीको स्पन्दन थियो ।
तत्कालीन इटहरीको गहना थियो ।
तत्कालीन समाजको द्योतक थियो ।
महेश्वर झोडाका प्रिय बासिन्दाहरूद्वारा
महेश्वर सुब्बालाई लगाइएको
स्नेहको साइनो प्रारूप थियो ।

सयकडौँ परिवारको
हातमुख जोड्नेहरूद्वारा
आफ्ना–आफ्ना गोरु गाडीमा
सखुवाका अग्ला–अग्ला रुख बोकेर
महेश्वर सुब्बा परिवारका लागि
मायाको उत्प्रेरकको साइनो थियो ।
महेश्वर झोडाबासीद्वारा
सिर्जित काठै–काठले भरिएको
पसिनाद्वारा लतपताइएका ऐश्वर्यताका
उच्चतम प्रारूपहरू थिए ।

      जब – जब यो घर निर्माण भयो ।
      म मेरा भाइहरू – कौशल, युद्धवीर, खेलनारायण
      तत्कालीन परिवेशमा
      रामकुमार, ध्रुव, कृष्ण, भूपाल
      छिमेकी हेमराज भट्टराई धेरै छेउ अम्बकको लटरम्म रुख थियो ।
      हामी आठै भाइको स्वीकारोक्तिमा
      अम्बकको बोटलाई अम्कब विहीन पारेका थियौँ ।
      जब–जब हामीलाई भोलिपल्ट लाइन लगाइयो ।
      हामी सबैको खुट्टामा हिलो लागेको थियो ।
      हामी सबैलाई लठ्ठीले मरमत गरियो ।
      ती मरमत हामीलाई महेश्वर बाबैबाट प्रदत्त थियो ।
      जीवनको पहिलो र अन्तिम पटक
      यसरी हामीले अम्बकका चोट खाएका थियौँ ।
      अम्बक हामीद्वारा दारिएकोमा
      बाबैका सिर्कनाद्वारा सिँगारिएका थियौँ ।
      हामी सबैले माफीनामा भन्दै थियौँ ।
      हामीबाट फेरि दोहोरिने छैन ।
      हामीले आफूलाई यसबेला
      बालापनबाट धेरै टाढा छोडेका छौँ ।
      कौशल, युद्धवीर, भूपाल सुब्बालाई गुमाएका छौँ ।
      इटहरीको यो अहम् स्नेहमा
      हामी आउँछौँ, जान्छौँ
      हामीमा भएका स्नेहता सधैँ सधैँ बाँचिरहने छ ।
      स्वतन्त्र पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी–२०७४

       पात्रो/राशिफल  रेडियो YouTube