बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ २१
|
255 views

ललितपुर - सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफैँले निर्माण गर्ने भएको छ ।

‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिनुभयो ।

डोल्पामा निर्माणाधीन जगदुल्ला (ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ ।

      कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् विस्तार गरिने उल्लेख छ ।

       पात्रो/राशिफल  रेडियो YouTube