ललितपुर - ललितपुर – बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा १२ उम्मेदवारमध्ये नौ जना उम्मेदवारको जमानत जफत भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी जफत भएको हो । कुल सदर मत ७३ हजार १० मत रहेको र यसको १० प्रतिशत अर्थात् सात हजार बढी मत ल्याउन नसक्दा उनीहरूको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयको प्रमुख यादवराज आचार्यले बताउनुभयो ।
उहाँका अनुसार धरौटी जफत हुनेहरूमा नेकपाको हरिजङ्ग तामाङ, राप्रपाका केबिन्द्रजङ्ग गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ, नेपाल मजदुर किसान पार्टीका गुजेश्वर प्रजापति मगजु, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश नेपालका मिलन बास्कोटा, नेकपा (माओवादी) का रवीन्द्र नाखोला, नेसनल रिपब्लिक नेपालका भरत गुरुङ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेको जमानत जफत भएको छ ।
धरौटी जफत भएकामध्ये सबैभन्दा धेरै नेकपाका तामाङले तीन हजार ३७१ र राप्रपाका गुरुङले एक हजार, श्रम संस्कृति पार्टीका गुरुङले ५६५ मत प्राप्त गर्नुभएको छ । अन्य उमेदवारले ५०० मत पनि कटाउन सकेनन् ।

बिजनेस पाटी