चितवन ३ : कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २६
|
1.2k views

ललितपुर - ललितपुर – यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो । सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो ।

क्षेत्र नं. १ मा १८ जना, क्षेत्र नं. २ र ३ मा २३–२३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । क्षेत्र नं. १ मा रास्वपा, नेपाली कांग्रेस र एमालेका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको छ । सो क्षेत्रमा ९६ हजार १५४ मत खसेको थियो र ९१ हजार ८९९ मत सदर भएको थियो ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको छ । सो क्षेत्रमा ८७ हजार २२१ मत खसेको थियो र ८४ हजार २३२ मत सदर भएको थियो ।

क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीबाहेक अन्य दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा एक लाख ५३ मत खसेको थियो ।

समग्र जिल्लामा दुई लाख ८३ हजार ४२८ मत खसेको छ ।

जिल्लामा समानुपातिकतर्फको मतगणनासमेत अन्तिम चरणमा पुर्याइएको छ । चितवन २ र ३ को समानुपातिक मतगणना सम्पन्न, भने क्षेत्र नं. १ को अन्तिम अवस्थामा पुगेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube