उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ११
|
255 views

ललितपुर - उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ कम्तीमा चार जना घाइते भएको जनाइएको छ ।

जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको जनाएको छ ।

    हासिकामी र हाचिनोहेका स्थानीय अग्निशमन विभागका अनुसार चार जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

      विभागले आगामी हप्तासम्म जापानी भूकम्प तीव्रता मापनको उच्च स्थरको भूकम्पका लागि जनतालाई सतर्क रहन आग्रह गरेको छ ।

      जापान चार टेक्टोनिक प्लेटहरूको छेउमा अवस्थित भएकाले तथा १०० वटा सक्रिय ज्वालामुखीहरूको उपस्थती रहेकाले यसलाई उच्च भूकम्पीय गतिविधिको जोखिममा रहेको राष्ट्रका रुपमा चिनिन्न्छ ।

      यस अघि सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको भूकम्प र त्यस पछि आएको सुनामीको कारण १५ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube