जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १४
|
102 views

ललितपुर - जापानको जनसंख्या पाँच वर्षमा २.५ प्रतिशतले घटेको छ । विदेशी नागरिकसहित जापानको कुल जनसंख्या सन् २०२५ अक्टोबर १ मा करिब १२ करोड २९ लाख ७० हजार रहेको छ। सन् २०२० को तुलनामा जनसंख्या करिब ३१ लाख ७० हजारले घटेको हो ।

जापानमा सन् १९२० देखि प्रत्येक पाँच वर्षमा जनगणना हुँदै आएको छ । सन् २०१५ पछि लगातार तीनवटा जनगणनामा जनसंख्या घटेको देखिएको छ ।

      कुल जनसंख्यामध्ये करिब ५ करोड ९७ लाख ७० हजार पुरुष र ६ करोड ३२ लाख महिला छन् ।

      त्यस्तै, जापानमा ६५ वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या कुल जनसंख्याको २९.४ प्रतिशत पुगेको छ । यो अहिलेसम्मकै उच्च हो। वृद्ध जनसंख्या बढ्दै जाँदा जापानमा जनशक्ति र सामाजिक सुरक्षासम्बन्धी चुनौती पनि बढ्दै गएको छ ।

      जापानका ४७ प्रान्तमध्ये टोकियोमा मात्र जनसंख्या बढेको छ । सन् २०२० को तुलनामा टोकियोको जनसंख्या करिब १ लाख ८९ हजारले बढेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube