सहसचिव अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १
|
1k views

ललितपुर - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार, अधिकारी राजस्व अनुसन्धान विभागका महानिर्देशक रहेका बेला ७० लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो ।

      आरोपपत्र विशेष अदालतमा दर्ता भइसकेको छ र आगामी सुनुवाइ प्रक्रियाअनुसार अघि बढ्नेछ ।

       पात्रो/राशिफल  रेडियो YouTube