|
|
२०८२ माघ १०
918 views
ललितपुर । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत जिम्बाब्वेसँग भइरहेको खेलमा नेपालले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाली महिला टोलीले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको हो । सुपर सिक्स चरणमा स्थान सुरक्षित गर्न नेपाललाई आजको खेल जित्नु अनिवार्य छ । तर जित मात्रै पर्याप्त नहुने भएकाले अन्य खेलका नतिजा पनि नेपालका लागि महत्वपूर्ण रहनेछन् ।
समूह ‘बी’ मा रहेका नेपाल र जिम्बाब्वे दुवै टोली हालसम्म अङ्कविहीन छन् । नेपालले दुई खेल खेलिसकेको छ भने जिम्बाब्वेले तीन खेल खेलेको छ । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यस समूहबाट नेदरल्यान्ड्स भने सुपर सिक्समा पुगिसकेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया