२०८२ फाल्गुन ६ | Feb 18, 2026

जापान भाषा परीक्षा रिट सर्वोच्चबाट अस्वीकृत

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १५
|
969 views

ललितपुर – वैदेशिक रोजगारीमा जाने नेपाली प्रशिक्षार्थी कामदारसँग सम्बन्धित जापान लक्षित भाषा परीक्षणको वैधता विषयक रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ। नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान) द्वारा सञ्चालन हुँदै आएको भाषा परीक्षाविरुद्ध अधिवक्ता हसिना प्रधान लगायतले अदालतमा निवेदन दायर गरेका थिए ।

सर्वोच्चको बुधबारको निर्णयमा न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएको छ। यस मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपाल जाइका अल्मुनाई एसोसिएसन विपक्षी थिए ।

यसअघि सरकारले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका, २०६६’ खारेज गरेपछि जिट्को मार्फत नेपाली श्रमिक पठाउने व्यवस्था रोकिएको थियो । हाल प्रशिक्षार्थीहरू ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम’ अन्तर्गत जापान गइरहेका छन्, र जापानले सन् २०२७ देखि ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ कार्यक्रम लागू गर्ने तयारी गरिरहेको छ ।

मन्त्रालयका अनुसार निर्देशिका खारेजपछि अब सबै म्यानपावर कम्पनीहरूले समान प्रक्रिया अनुसार जापानका लागि कामदार पठाउन सक्ने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया