२०८२ चैत्र २१ | Apr 04, 2026

किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २८
|
663 views

ललितपुर – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ । आदेश फागुन २८ बिहीबार जारी भएको हो ।

कर्जा सूचना केन्द्रले साहको नाम कालोसूचीमा राखेपछि उनका उम्मेदवारी खारेज भएको थियो । त्यसपछि साहले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश जारी गरेको छ । यससँगै साहको उम्मेदवारी कायम रहने भएको छ ।

ध्यानयोग्य छ कि उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा रास्वपा को चुनाव चिह्न ‘घण्टी’मा उल्लेख्य मत परेको थियो । यद्यपि निर्वाचन आयोगले नेकपा (नेपाल कम्युनिष्ट पार्टी)का उम्मेदवार मात्रिका यादवलाई विजेता घोषणा गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया