कामना सेवा विकास बैंकको नाफामा सुधार, खराब कर्जा घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ५
|
1.3k views

ललितपुर -

ललितपुर । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आफ्नो नाफामा ठुलो प्रगति देखाएको छ। पुस मसान्तसम्म बैंकले ३९ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा २२.३४ प्रतिशतले बढी हो।

बैंकको नाफा वृद्धिमा खराब कर्जाको व्यवस्थापन र सञ्चालन नाफामा वृद्धि मुख्य भूमिका खेलेको छ। यस वर्ष खराब कर्जा ४.१० प्रतिशतमा झरेको छ भने संचालन नाफा ५६ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
प्रतिसेयर आम्दानी २०.४३ रुपैयाँ कायम भएको छ र बैंकको नेटवर्थ १५८.०७ रुपैयाँ रहेको छ। पुस मसान्तसम्म बैंकले १ अर्ब २ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकले समीक्षा अवधिमा ६३ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ५२ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ कायम भई आन्तरिक सुरक्षा बलियो रहेको छ।

 पात्रो/राशिफल  रेडियो YouTube